Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

बालमन्दिर जग्गा घोटाला प्रकरणमा संलग्न तत्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष पक्राउ परेका छन्।

बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले आज पक्राउ गरेको हो।

श्रेष्ठलाई शुक्रबार काठमाडौंबाटै पक्राउ गरिएको सीआइबी स्रोतले बतायो । बाल मन्दिरको जग्गा भाडा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको एक महिनापछि श्रेष्ठ पक्राउ परेका हुन् ।

बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा २७ वैशाखमा २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

[insert page='289562' display='yopanipadhnuhos.php']

२०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।

२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।

तत्कालीन अध्यक्ष रिता सिंह, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठविरूद्ध पुर्जी जारी भएको थियो।

साथै प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दिपकदास श्रेष्ठविरूद्ध पुर्जी जारी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077