काठमाडौं । लोक सेवा आयोगले नेपाल प्रहरीको जनपद समूहतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजाअनुसार लिखित परीक्षामा ५१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २२ देखि २४ गतेसम्म सञ्चालन भएको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूमध्ये ५१ जनाले सफलतापूर्वक अर्को चरणका लागि स्थान सुरक्षित गरेका हुन् ।
यसअघि प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर पदका लागि खुलातर्फ १६, महिला कोटामा २, आदिवासीरजनजातितर्फ ५ तथा दलिततर्फ २ पदका लागि विज्ञापन आह्वान गरेको थियो ।
लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारले अब अन्तर्वार्ता तथा अन्य निर्धारित मूल्याङ्कन प्रक्रिया पार गर्नुपर्नेछ। अन्तिम चरणमा सफल हुने उम्मेदवारहरूलाई नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा नियुक्ति दिइनेछ।

