Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

देवानगञ्ज फेरि तनावग्रस्त : दुई पक्षबीच दोहोरो झडप, अवस्था नियन्त्रणमा लिन प्रहरीलाई सकस

देवानगञ्ज फेरि तनावग्रस्त : दुई पक्षबीच दोहोरो झडप, अवस्था नियन्त्रणमा लिन प्रहरीलाई सकस

मंगलवार , श्रावण १२, २०८३

सुनसरी । सुनसरीको देवानगञ्ज बजारमा मंगलबार राति पुनः दुई पक्षबीच हिंसात्मक झडप भएको छ । प्रहरीका अनुसार देवानगञ्ज–३ स्थित बजार क्षेत्रमा मंगलबार राति करिब ८ बजेदेखि दुई समूह आमनेसामने भएका थिए ।

दुवै पक्ष घरेलु हतियारसहित बजार क्षेत्रमा उत्रिएपछि स्थिति थप उग्र बनेको हो । झडप नियन्त्रणमा लिन प्रहरीलाई निकै कठिनाइ परेको छ।

भीड आक्रामक बनेपछि सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन निरन्तर प्रयास गरिरहेको बताइएको छ । झडपका कारण बजार क्षेत्र तनावग्रस्त बनेको छ भने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले झडप नियन्त्रणमा लिने प्रयास जारी रहेको जानकारी दिए । उनका अनुसार थप प्रहरी परिचालन गरी अवस्था सामान्य बनाउने काम भइरहेको छ।

यसअघि आइतबार भएको झडपमा गोली चल्दा एक युवाको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077