Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

१ करोड धरौटीमा छुटे उद्योगी शेखर गोल्छा

१ करोड धरौटीमा छुटे उद्योगी शेखर गोल्छा

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छालाई बिमा तथा धितोपत्रसम्बन्धी कसुरमा १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मंगलबार जिल्ला न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले थुनछेक बहसपछि बिमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँर धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो।

अदालतको आदेशलगत्तै गोल्छाले दुवै कसुरबापत कुल १ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएपछि मंगलबार नै रिहा भएका छन्।

गोल्छाविरुद्ध गत जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन्।

उक्त मुद्दा हिमालय रि–इन्स्योरेन्ससँग सम्बन्धित प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा दायर गरिएको थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077