Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखर गोल्छामाथि अनुसन्धान गर्न चार दिन म्याद थप

शेखर गोल्छामाथि अनुसन्धान गर्न चार दिन म्याद थप

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छालाई चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहेका उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउनियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छासहित अन्य व्यक्तिको मिलेमतोमा ऐनको दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुर भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो। उक्त प्रतिवेदन २०८३ मा केन्द्रीय अनुसन्धान ब्युरोमा प्राप्त भएपछि अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077