Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा पुनः पक्राउ

धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा पुनः पक्राउ

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । विचौलिया दिपक भट्टसँग जोडिएका तथा धितोपत्र सम्बन्धी गम्भीर कसुरमा पक्राउ परेका हिमालयन रि-इन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छा रिहा भएलगत्तै अर्को मुद्दामा पुन: पक्राउ छन् ।

धितोपत्र सम्बन्धी कसुरमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिरासत बाहिर निस्कन नपाउँदै पुनःपक्राउ गरेको हो।

सीआईबी ले उनलाई बीमा सम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

यसपटक उनीमाथि बीमा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि हिरासत प्रक्रियामा कानुनी त्रुटि औंल्याउँदै परमादेश जारी गरेको थियो।

अदालतले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०४ (१) को मर्मविपरीत हिरासतमा राखिएको ठहर गर्दै जिल्ला अदालतको आदेश बदर गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077