Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

त्रिविको प्रश्नपत्र आउट प्रकरणमा थप दुईजना पक्राउ

त्रिविको प्रश्नपत्र आउट प्रकरणमा थप दुईजना पक्राउ

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमालका ३१ वर्षीय अब्दुल सानी हाकिम लाई पक्राउ गरेको हो।

मिश्रलाई आइतबार काठमाडौंको ताहाचलबाट तथा हाकिमलाई सोमबार वीरगञ्जबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

गत शुक्रबार सञ्चालन भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको ‘संगठनात्मक व्यवहार’ विषयको परीक्षाको प्रश्नपत्र विभिन्न व्हाट्सएप समूहमार्फत सार्वजनिक भएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो।

प्रश्नपत्र परीक्षाअघि नै बाहिरिएको भन्दै प्रहरीले गोपनीयता भंग भएको विषयमा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने कार्यमा उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरिएको हो ।

यसअघि साउन १० गते कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुर बस्दै आएका ३३ वर्षीय सन्दीप सिंहसहित दुई जना आरोपितलाई पनि प्रहरीले पक्राउ गरेको थियो। यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ।

सीआईबीका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध शिक्षा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।

साथै, प्रश्नपत्र आउट प्रकरणमा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान पनि जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077