Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामको जन्म चितवनको माडीमै भएको एमाले अध्यक्ष ओलीको दाबी

चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रामको जन्म चितवनको माडीमै भएको दाबी गरेका छन् ।

पार्टीको जिल्ला कमिटीको निर्वाचित पदाधिकारीको सपथग्रहण समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले सम्पूर्ण प्रमाणहरूले रामको जन्म नेपालमै भएको दाबी गरे । उनले उत्तर प्रदेशमा पर्ने अयोध्याबाट वाल्मिकी आश्रम पश्चिममा नपर्ने पनि बताए ।

उनले भने जोसुकैले जेसुकै भनोस् । सम्पूर्ण शास्त्रहरूले, सनातन धर्म र दर्शनशास्त्रहरूले, प्रमाणहरूले के भन्छ भने रामको जन्म माडीमै भएको हो ।

अध्यक्ष ओलीले राम लक्ष्मणले चढ्ने घोडा पश्चिमतिर गएको र वाल्मिकी आश्रम पुगेको बताए । यस्तै ओलीले राम र सीताको विवाह भएको समयले पनि राम जन्मभूमि नेपालमै रहेको बताउने दाबी गरे।

यसअघि ओलीले विसं २०७७ असारमा रामको जन्म नेपालमा भएको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077