Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गाई तस्करी गरेको आरोपमा कुटिपट, छत्तीसगढमा दुई जनाको मृत्यु

एजेन्सी । छत्तीसगढको राजधानी रायपुर नजिकैको अरङ सहरमा गाई तस्करीको आशङ्कामा भीडको आक्रमणमा परेर उत्तर प्रदेशका दुई जनाको मृत्यु भएको छ ।

घटनामा एक जनाको अवस्था चिन्ताजनक रहेको छ । भीडको आक्रमणमा मारिएका चन्द मियाँ र गुड्डु खान नामका यी दुई जना उत्तर प्रदेशको सहारनपुरका बासिन्दा रहेको बताइएको छ ।

प्रहरीका अनुसार सद्दामको बयानले वास्तवमा के भयो भन्ने स्पष्ट पार्नेछ।

रायपुरबाट ७० किलोमिटर टाढा महासमुण्ड–आरङ सडकमा रहेको महानदीको पुलमा शुक्रबार राति करिब २ बजे ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रायपुर ग्रामीणका अतिरिक्त प्रहरी उपरीक्षक कीर्तन राठौरले बीबीसीसँग भने, ‘यी मानिसहरू ट्रकमा भैँसी बोकेर यात्रा गरिरहेका थिए। कतिपयले उनीहरूलाई कुटपिट भएको बताएका छन्।

तर केहीले आक्रोशित भिडबाट बच्न उनीहरूले पुलबाट खोलामा हाम फालेका थिए, जहाँ दुईको मृत्यु भयो ।

राठौरले यस हमलामा घाइते भएका सद्दाम कुरैशीको बयानले मात्र आफूलाई के भयो भन्ने कुरा स्पष्ट हुने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077