Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बजेटमा देखिएका कमीकमजोरी सच्याउन सरकार तयार छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सच्याउनका लागि सरकारसँग कुरा गरिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले बजेटलाई रोजगारमुखी बनाउन, उत्पादन र औद्योगिक विकास लगायतका विषयहरूमा बजेट परिमार्जनका विषयमा छलफल भइरहेको बताए।

अध्यक्ष ओलीले भने, ‘अब पुँजी र प्रविधिको विकास गर्ने बाटो लिनुपर्छ । हाम्रो पुँजी र प्रविधिले पुगेन भने बाहिरबाट आकर्षित गर्ने बाटो लिनुपर्छ तर मुख्य रूपमा आफूले विकास गर्ने हो । पुँजीको सिर्जना गर्ने हो, उत्पादनबाट विकास गर्ने हो । त्यस कामतिर लाग्नुपर्छ । ’

अध्यक्ष ओलीले बजेटलाई प्रभावकारी बनाउने विषयमा सरकारसँग कुरा भइरहेको बताए ।

अध्यक्ष ओलीले बजेटमा देखिएका कमीकमजोरी सच्याउँदै यसलाई प्रभावकारी बनाउनका लागि आफूले सरकारसँग कुरा गरिरहेको बताए।

उनले उत्पादनका माध्यमबाट पुँजी वृद्धि गर्दै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनुपर्नेमा जोड दिए।

औद्योगिक क्षेत्र स्थापना भए पनि उद्योग बन्न नसक्नु, लगानी सम्मेलन गरे पनि लगानी भित्रन नसक्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077