Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रोएसियासँग घरमै हार्‍यो पोर्चुगल

काठमाडौं । पोर्चुगल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा क्रोएसियासँग २–१ ले पराजित भएको छ ।

शनिबार पोर्चुगलमै भएको खेलमा पाहुना टिमलाई जित दिलाउन लुका मोड्रिच र एन्ते ब्युडिमिरले गोल गरेका हुन् ।

घरेलु टिमका डियागो जोटाले गोल गरे । नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना पोर्चुगल मैदानमा उत्रिएको थियो ।

नियमित कप्तान रोनाल्डो युरो–२०२४ अघि बिदा मनाउन जाँदा पोर्चुगलको कप्तानी बर्नार्डो सिल्भाले सम्हालेका थिए ।

युरोपियन च्याम्पियनसिपअघि दोस्रो मैत्रीपूर्ण खेलमा पोर्चुगलले बुधबार आयरल्यान्डसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077