Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कैलालीमा झुण्डिएको अवस्थामा १३ वर्षीय बालक मृत फेला

धनगढी। कैलालीको धनगढीमा १३ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् ।

धनगढी उपमहानगरपालिका–३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा मृत अवस्थामा भेटिएका हुन् ।

उनी घरमा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

परिवारले देखेर पासो फुकाली स्वस्तिक अस्पताल धनगढीमा उपचार गर्न लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077