Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्न नमिल्नेमा

काठमाडौं । कोशी सरकार गठनविरुद्धको रिट आज हेर्न नमिल्नेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेसँगै सुनुवाइ स्थगित भएको हो।

कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठन आह्वानको प्रक्रिया असंवैधानिक भन्दै आफू नै मुख्यमन्त्री भएको दाबीसहितको रिटको सुनुवाइका लागि पूर्ण इजलासमा पेशी चढेको थियो ।

उक्त रिटको सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा पेसी चढेको थियो । सो पेशीको सुनुवाइ हेर्न नमिल्नेमा परेको हो ।

जेठ २३ गते न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा सुनुवाइका लागि पठाउन भन्दै आजैलाई पेसीसमेत तोकिदिएको थियो ।

मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गरेपछि उनी सर्वोच्च अदालत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077