Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युवा भन्दै जाँडरक्सीको घैँटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिनु हुँदैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताको विश्वास जितेर परिवर्तनको बाहक बन्नुपर्ने बताएका छन् ।

नेपालमा समाजवादी क्रान्ति विषायक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले सबै खालका चुनौती सामना गर्दै सबै खालका अवसर उपयोग गर्नुपर्ने बताए।

अध्यक्ष नेपालले भने,‘अहिले विश्लेषण गर्दा यो पार्टीलाई जोगाउने, अस्तित्व रक्षा गर्ने पहिलो कुरा हो, यो पार्टीलाई बलियो बनाउने दोस्रो कुरा हो। पार्टीलाई सशक्त बनाउन,नयाँ नयाँ क्रान्तिकारी योद्धा र युवालाई आकर्षण गर्ने मूल काम हो । युवा भनेर भ्रष्टाचारमा चुलु्म्म डुब्ने,जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन।’

अध्यक्ष नेपाललेएक दलीय स्थापना गर्ने समाजवाद हुन नसक्ने टिप्पणी गरे। उनले अहिले पार्टीलाई जोगाउने कुरा पहिलो कुरा भएको बताए।

विचारमा प्रष्ट भएका, भाषणमा क्रान्तिकारी भएका र पार्टीको हितमा काम गर्नेलाई स्वागत गर्नुपर्ने अध्यक्ष नेपालको भनाई छ।

उनले नेपाली समाजको यथार्थ विश्लेषण गरेर उपयुक्त नीति अबलम्बन गर्नुपर्ने बताए। उनले राजनीतिमा कसैलाई निषेध नगरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077