Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

४ अंकले घट्यो नेप्से , ५ अर्ब १८ करोडको सेयर किनबेच

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ।

नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा पुगेको हो। नेप्से घटेपनि शुक्रबारको तुलनामा कारोबार रकम वृद्धि भएको छ।

शुक्रबार ४ अर्ब ३८ करोड मूल्य बराबरको कारोबार भएको थियो।

आज ३१३ स्क्रिप्सको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँमा खरिदबिक्री भए।

सामान्य अंकले गिरावट आएको सेयर बजारमा ४ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। इस्टर्न हाइड्रोपावर,शुभम् पावर,सिटी होटल र कुथेली बुखरी स्माल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयर ९.९९ प्रतिशतले बढ्यो। यसदिन बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो। कारोबारमा आएका ९७ वटा स्टकको मूल्य बढ्दा १४७ वटाको मूल्य ओरालो लाग्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077