Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठूलो परिमाणमा नक्कली नोटसहित दुई महिला पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले कलंकीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चिया पसल संचालक ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका-५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली नोटको कारोबार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसरले कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले तारादेवीलाई पक्राउ गरेको थियो।

उनीबाट नेपाली एक हजार दरको ५ सय १४ थान (५ लाख १४ हजार बराबरको) नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएको थियो।

उनलाई नागर्जुन-५ पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077