Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् ।

उनले दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

सर्वोच्च अदालतको फैसलासँगै ठूलो दलको हैसियतमा पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

६० सदस्यीय गण्डकीमा कांग्रेसको २७ सिट छ ।

गण्डकीमा एमालेका २२, राप्रपाका २, माओवादी केन्द्रका ८ (सभामुखसहित) र १ स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077