Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपले विश्वकप खेल्ने, वेस्ट इन्डिज जाँदै

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी-२० विश्वकपमा सहभागी हुने भएका छन् ।

नेपाल क्रिकेट संघले सोमाबार एक विज्ञप्तिमार्फत सन्दीप टी-२० विश्वकपका लागि वेस्ट इन्डिज जाने जानकारी दिएको हो ।

उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको क्यानले जनाएको छ ।

सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानले स्पष्ट पारेको छ । तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077