Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुली मोटरसाइकल दुर्घटना : सहायक हवल्दारको पनि उपचारका क्रममा मृत्यु

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी सहायक हवल्दारको पनि मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको उपचारका क्रममा काठमाडौंको प्रहरी अस्पतालमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका श्रेष्ठलाई गोलन्जोरको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा उपचारपछि हेलिकप्टरबाट प्रहरी अस्पताल लगिएको थियो । तर उनको पनि उपचारका क्रममा मृत्यु भएको हो ।

गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा फिक्कल गाउँपालिका-५ झगडेबेंसीको भित्री सडकमा आइतबार अपराह्न भएको दुर्घटनामा परी रत्नावती प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्र ठाकुरको उपचारका क्रममा आइतबारै मृत्यु भएको थियो ।

उनको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा निधन भएको थियो । मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077