Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्सका राष्ट्रपति म्याक्रोले गरे संसद भंग, आकस्मिक चुनाव घोषणा

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले संसद भंग गर्दै आम निर्वाचन घोषणा गरेका छन् ।

राष्ट्रपति म्याक्रोले यही जुन महिनाको अन्तिममा चुनाव गराउन आम निर्वाचन घोषणा गरेका हुन् ।

मतदान दुई चरणमा हुने छ । पहिलो चरण ३० जुनमा र दोस्रो चरण ७ जुलाईमा मतदान हुनेछ ।

सर्वेक्षण अनुसार राष्ट्रपति म्याक्रोका प्रतिद्वन्द्वी मरीन ले पेन नेतृत्वको नेशनल रेली पार्टीले ३२ प्रतिशत मत ल्याउने अनुमान छ ।

राष्ट्रपति म्याक्रोको पार्टी रेनेसाले भने १३ प्रतिशत मत मात्रै पाउने सर्वेक्षण छ । ले पेन यसअघि दुई पटकसम्म म्याक्रोसँग प्रतिस्पर्धा गरे पनि पराजित भएकी थिइन् ।

संसदीय चुनावको मिति घोषणा हुनासाथ तत्काल प्रतिक्रिया सार्वजनिक गर्दै उनले आफ्नो पार्टी सत्तामा आउन तयार रहेको बताएकी छन् ।

युरोपेली युनियनमा फ्रान्सको भोटिङ सकिनासाथ र मत सर्वेक्षणको नतिजा सार्वजनिक हुनासाथ राष्ट्रपति म्याक्रोले टेलिभिजन सम्बोधन मार्फत् संसदीय चुनावको मिति घोषणा गरेका हुन् ।

युरोपेली संघको चुनावमा ले पेन नेतृत्वको अति दक्षिणपन्थी दल भनेर चिनिने नेशनल रेलीले म्याक्रोको मध्यमार्गी गठबन्धनलाई परास्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077