Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेख हसिनाद्वारा प्रधानमन्त्री मोदीलाई बङ्गलादेश भ्रमणको निम्तो

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बङ्गलादेश भ्रमणको निम्तो दिएकी छन् ।

प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको सपथपछि भएको संक्षिप्त भेटमा हसिनाले मोदीलाई बङ्गलादेश भ्रमणको निम्तो दिएकी हुन् ।

प्रधानमन्त्री शेख हसिनालाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति भवनमा भएको शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो ।

प्रधानमन्त्री हसिना प्रधानमन्त्री मोदी र उनको मन्त्री परिषद्को शपथ ग्रहण समारोहमा सहभागी भएपछि प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए ।

उक्त अवसरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री मोदीको नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले लोक सभामा बहसमतका लागि पाएको सफलताका लागि बधाई दिए ।

राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले जुन ५ मा नरेन्द्र मोदीलाई आफ्नो नेताको रूपमा चयन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

भारतीय संसदको ५४३ सदस्यीय तल्लो सदनको लोकसभा चुनावमा भाजपाको नेतृत्वमा रहेको एनडिएले २९३ सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077