Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वास मत प्राप्त गरेका छन् ।

माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वास मत पाएका हुन् ।

सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका थिए।

सभामुख कृष्ण धितालका अनुसार सोमबारको प्रदेश सभामा ५९ जना सांसद उपस्थित थिए। मुख्यमन्त्री पाण्डेले राखेको प्रस्तावको पक्षमा ३१ सांसद र विपक्षमा २८ सांसदले मतदान गरेका थिए।

गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट जितेका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिए।

देवकोटा बाबुराम भट्टराईनिकट हुन्। नेसपाले २०७९ को चुनावमा माओवादीको चुनाव चिह्न लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077