Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेलेन्स्कीद्वारा युक्रेनको सुमी क्षेत्रमा रूसी पकड रहेको अस्वीकार

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले पूर्वी सुमी क्षेत्रको एउटा गाउँ कब्जा गरेको कुरा अस्वीकार गरेका छन् ।

रूसी कब्जामा रहेको चेचेन रिपब्लिकका नेता रमजान कादिरोभले आइतबार रूसी सेनाले सुमीमा मस्कोको सेना अगाडि बढेको बताएका थिए ।

उनले सीमावर्ती गाउँ रिजिभ्का कब्जा गरेको बताएका हुन् । रुसको रक्षा मन्त्रालयबाट तत्काल कुनै टिप्पणी नआएको बताउदै एक स्थानीय युक्रेनी अधिकारीले कादिरोभको दावीलाई अस्वीकार गरेका छन् ।

जेलेन्स्कीले सुमीमा युक्रेनी सेनाहरू ‘पूर्ण नियन्त्रणमा’ रहेको र त्यहाँ सक्रिय रूसी समूहहरू पछि हटिसकेको बताए । जेलेन्स्कीले औद्योगिक डोनेट्स्क क्षेत्रको लडाइँ ‘सबैभन्दा गाह्रो’ भएको र युक्रेनी सेनाले त्यहाँ आफ्नो स्थिति स्थिर गर्न सम्भावित सबै उपाय अपनाएको बताए ।

सुमी युक्रेनको उत्तरी सीमामा अवस्थित छ र सन् २०२२ मा द्वन्द्व सुरु भएदेखि यहाँ रूसले कुनै ठूलो जमिनी आक्रमण गरेको छैन ।

कादिरोभले आफ्ना लडाकूहरूले ‘अन्य रूसी सैनिक एकाइसँग मिलेर रणनीतिक कारबाही गरेको र दुश्मनबाट अर्को बस्ती मुक्त गरेको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी गराए।

जेलेन्स्कीले गत महिना रुसले उत्तरी सीमामा सेना जम्मा गरिरहेको र नयाँ आक्रमण हुन सक्ने चेतावनी दिएका थिए।

रूसी आक्रमणको बढ्दो जोखिमलाई उद्धृत गर्दै अधिकारीहरूले गत महिना सुमी क्षेत्रका केही सीमावर्ती सहर र गाउँहरूमा बसोबास गर्ने बासिन्दाहरूलाई सुरक्षित स्थलमा जान निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077