Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महोत्तरीमा लुटेरा समूहले गोली चलायो, युवक गम्भीर घाइते

महोत्तरी । महोत्तरीमा अज्ञात लुटेराहरुको एक समुहले गोली प्रहार गरेको छ ।

सोमबार महोत्तरीको मरहा नदीमा मोटरसाइकलमा आएका ७,८ जनाको समूहले लुटपाटको प्रयास गर्दै गोली प्रहार गरेको हो ।

गोली प्रहाबरबाट गौशाला नगरपालिका ११ का ३५ वर्षीय विनय कुमार महतो (मुरारी) घाइते भएका छन् ।

गौशालाबजारबाट घरतर्फ जाने क्रममा मरहा नदीमा मोटरसाइकलमा आएको समूहले लुटपाटको प्रयास गरेको थियो ।

सो क्रममा महतो प्रतिकारमा उत्रिएपछि सो समूहले गोली प्रहार गरेको बताइएको छ ।

महोत्तरी प्रहरीका अनुसार उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077