Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बस र पिकअप ठोक्किँदा एक जनाको मृत्यु, आठ घाइते

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ झडुलामाईमा बस र पिकअप ठोक्किँदा एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र ०२-००१ ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप मंगलबार बिहान करिब साढे ५ बजे ठक्कर खाएका हुन्।

घटनामा पिकअपका चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि बुटवल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077