Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

१२ खर्बको रेमिट्यान्स भित्रिँदा १२ खर्बकै व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोडको रेमिट्यान्स भित्रिएको छ भने १० महिनामा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँको व्यापार घाटा भएको छ ।

गत साउनदेखि वैशाखसम्ममा रेमिट्यान्सको वृद्धि र आयातमा आएको सामान्य कमीले गर्दा मुलुकको चालू खाता १ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077