Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गण्डकीका नवनियुक्त मन्त्रीद्वय फणिन्द्र र मनाङेले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र दीपक मनाङेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए ।

फणिन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन् ।

मनाङका स्वतन्त्र सांसद मनाङेलाई मुख्यमन्त्रीले नै दोस्रो पटक भौतिक मन्त्री बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077