Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमरेशकुमार सिंहले भने - शिक्षामन्त्री श्रेष्ठलाई काम गर्न दिनुपर्छ

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षामन्त्री सुमना श्रेष्ठलाई काम गर्न दिनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

आफूहरू साथमा रहेको भन्दै सांसद सिंहले शिक्षा क्षेत्रको समग्र सुधारका लागि अगाडि बढ्न शिक्षामन्त्री श्रेष्ठलाई आग्रह गरे ।

सांसद सिंहले भने,‘म कताकता सुन्छु, शिक्षा मन्त्रीलाई काम गर्न दिइएको छैन । शिक्षा मन्त्रीजीलाई सार्वजनिक रूपमा भन्न चाहन्छु– हामी तपाईंको साथमा छौं।’

आफूले कुनै दल र नेता नचिन्ने पनि सिंहले बताए ।

विद्यालय व्यवस्थापन समिति, शिक्षकहरूको ट्रेड युनियन र विद्यार्थी संगठनसमेत आवश्यक नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077