Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदेश पठाउने नाममा ठगी धन्दा : ३०० जनाभन्दा बढीबाट १५ करोड बढी ठगी !

काठमाडौं । रोजगारीका लागि विदेश पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनका २८ वर्षीय राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्त छन्।

उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देशमा आकर्षक तलब भत्ता पाउने भन्दै ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर विज्ञापन गरेका थिए ।

त्यसका आधारमा सम्पर्कमा आएकाहरुलाई बैंक खातामा निश्चित रकम जम्मा गर्न लगाउने गरको उपत्याका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

त्यसपछि भिसा, वर्क परमिट, होटल बुकिङ, पोलिस रिपोर्टलगायतका नक्कली कागजात तयार पारेर ५ देखि १० लाख रुपैयाँसम्म उठाउने र सम्पर्कबिहीन हुन गरेका थिए ।

यो समूहले ३०० भन्दा बढीबाट १५ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077