Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पोल्याण्डका नागरिकसँग विवाह गर्ने शिक्षामन्त्री श्रेष्ठमाथि छानबिन हुनुपर्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले दुई देशको राहदानी भएका गृहमन्त्री र पोल्याण्डका नागरिकसँग विवाह गर्ने शिक्षामन्त्रीमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।

मंगलबार ट्वीटरमार्फत नेता रावलले गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठको विषयमा छानबिन गर्नुपर्ने बताएका हुन् ।

नेता रावलले भनेका छन्,‘दुई देशको नागरिकता र राहदानी भएका गृहमन्त्री र पोल्याण्डका पत्रकार पावेल स्काविन्स्किसँग विवाह गर्ने शिक्षामन्त्रीलगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपाल राज्यको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला यस्ताको छानबीन हुनुपर्ने अख्तियारको कुरा स्वागतयोग्य छ।’

नेता रावलले रोजगारी अनुमति लिएर नेपालको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन जायज भएको बताए।

अख्तियारले संविधानविपरीत विदेशी नागरिकता वा आवासीय अनुमतिपत्र लिएका व्यक्तिहरू सार्वजनिक पदमा बहाल रहेरनरहेको खोजबिन गर्न सरकारलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077