Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तोलामा ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा ६०० रूपैयाँले बढेको हो।

मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको छ ।

यसअघि तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको थियो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य चाहिँ तोलामा ५ रुपैयाँ  बढेको छ ।

मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ८२० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077