Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको नयाँ सेना प्रमुख बन्दै लेफ्टिनेन्ट जनरल द्विवेदी

एजेन्सी । लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख हुने भएका छन् ।

भारत सरकारले मनोज पाण्डेको ठाउँमा द्विवेदीलाई नियुक्त गर्न लागेको हो ।

हाल उनी उपप्रधानसेनापति पदमा कार्यरत छन् । प्रधानसेनापति मनोज पाण्डे जुन ३० तारिखमा अवकाश लिँदैछन् ।

वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो । गत महिना सरकारले मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो ।

उनले मे ३१ मा नै अवकाश लिने तय थियो तर त्यसको ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077