Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्वाचित

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन्।

अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।

बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचक प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077