Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पुस्तकालय व्यवस्थापनमा लाखौं भ्रष्टाचार, प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संखुवासभाको शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक कृष्णहरी भट्टराई ,व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारीसहित चार जनाविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

उनीहरुले खानेपानी तथा पुस्तकालय व्यवस्थापनका लागि विनियोजन भएको रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।

उनीहरुले उक्त कार्यका लागि निकासा भएको रकमबाट कुनै पनि कामको शुरूवात नै नगरी बिल भरपाई मिलाएर रकम अनियमितता गरेका थिए ।

अनुसन्धानका क्रममा खानेपानी र पुस्तकालय व्यवस्थापनका लागि विनियोजन भएको रकम हिनामिना भएको पाइएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

प्रधानाध्यापक भट्टराईलाई ४ लाख ६० हजार ४५५,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकरीलाई ३ लाख ४३ हजार,तत्कालीन शिक्षक मण्डललाई ३ लाख ३४ हजार र शाक्य अफसेट प्रेसका प्रोप्राइटर शाक्यलाई ४ लाख १० हजार ४५५ रुपैयाँ बिगो र सजाय माग गरिएको आयोगका प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077