Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

६ अंकले नेप्से बढ्दा ५ अर्ब ८९ करोडको कारोबार

काठमाडौं । साताको चौथो सेयर कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ।

नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा अडिएको हो। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३३.१५ अंकले बढेको थियो।

नेप्से एकल अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ।

यसदिन ३१२ स्क्रिप्सको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँमा खरिद बिक्री भए।

मंगलबार ५ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

समृद्धि फाइनान्स,मडि सोलु हाइड्रोपावर,साधना लघु्वित्त वित्तीय संस्था र ग्रीन लाइफ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077