Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

झुटो विवरण पेस गरी अंगीकृत नागरिकता लिन खोज्ने तीन भारतीय प्रहरी फन्दामा

काठमाडौं । झुटो विवरण पेस गरी अंगीकृत नागरीकता लिन खोज्ने तीन भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत घर भई हाल काठमाडौं महानगर वडा न. १४ मा व्यापार व्यवसायी गरि बस्ने ५१ वर्षका हरियोम गुप्ता भन्ने हरिओम कुमार तथा उनका दुई छोराहरु २० का ऋषि गुप्ता र १८ का हर्ष गुप्ता रहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।

हर्ष गुप्ता र ऋषि गुप्ता द्वयले आफ्ना बुबालाई बेपत्ता भएको बनाई वंशजको नाताले नागरीकता ऐन २०६३ अनुसार अंगीकृत नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए ।

उनीहरुमाथि नागरीकता ऐन अन्तर्गतको कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077