Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी सरकारविरुद्धको रिट न्यायाधीशहरु रेग्मी, सुवेदी र मुसलमानको इजलासमा

काठमाडौं । कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीशत्रय रेग्मी, सुवेदी र मुसलमानको इजलासमा परेको हो ।

यसअघि २९ गते न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा पेसी चढेकोमा मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।

जेठ २३ गते न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा सुनुवाइका लागि पठाउन भन्दै पेसीसमेत तोकिदिएको थियो ।

गत वैशाख २७ गते निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रियामा असन्तुष्टि जनाँउदै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनी संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार रहँदा रहँदै नयाँ सरकार गठनको आवहन भएकोमा असन्तुष्ट छन् ।

वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गरेका थिए ।

उनको मुद्दामा जेठ ९ गते मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077