Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

किसानलाई समयमै मल उपलब्ध गराउन सरकारसँग सन्तोष परियारको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् ।

सचेतक परियारले सरकार मलको अभाव छैन भन्ने तर किसानले १० किलो भन्दा बढी मल नपाउने अवस्था रहेको बताए ।

भक्तपुरका कृषि उब्जनी हुने मध्यपुर थिमी र बोडे लगायतका किसानहरूले १० किलो भन्दा बढी मल नपाएको सचेतक परियारलेको भनाइ छ।

सचेतक परियारले मल अभाव छैन भने पनि बजारमा मल नपाएको भन्दै सरकारले तत्काल किसानलाई मल उपलब्ध गराउनुपर्ने माग गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077