Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सडक स्तरोन्नतिमा झण्डै चार लाख भ्रष्टाचार, प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मनहरी गाउँपालिकाको वडा नम्बर ६ स्थित लोथर-हाङ्गलाङ्ग-फरिवाङ्ग-पाङ्गथली सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रशासकीय अधिकृत देवराज चौलागाई र तत्कालीन इन्जिनियर अमित कुमार ठाकुरविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।

मुद्दामा प्रतिक्षा निर्माण सेवा निर्माण व्यवसायी बुद्धिराज कँडेललाई प्रतिवादी बनाइएको छ।

सडक स्तरोन्तिका क्रममा कम काम भएको यथार्थभन्दा बढी मूल्यांकन गरी उक्त योजनाको स्थलगत रुपमा निर्माण कार्यको निर्धारित शर्त तथा मापदण्ड विपरित गरेको कार्यलाई गुणस्तरयुक्त भएको भनी झुट्टा बिल भर्पाइ बनाइ कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिस गरेको कार्यबाट ३ लाख ९१ हजार ९२९ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ।

उनीहरूविरुद्ध ३ लाख ९१ हजार ९२९ रुपैयाँ बिगो र जरिवाना माग गरिएको आरोप पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077