Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीका ऊर्जामन्त्री फणिन्द्र देवकोटा पदमुक्त

पोखरा । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन् ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका देवकोटालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि मन्त्री पद गुमेको हो ।

प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिए।

नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए ।

माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बनेका थिए ।

तर माओवादी केन्द्रले ह्वीप उल्लंघनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएको थियो । यससँगै सांसदसँगै मन्त्री पद पनि गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077