Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङमा पाँच मिनेटको अन्तरमा गए दुईवटा भूकम्प

बझाङ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।

बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ र ११ः३० मा भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पहिलो भूकम्प ३.७ र दोस्रो भूकम्प ३.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

बझाङसहित आसपासका जिल्लामा पनि धक्काको महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077