Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चिनिया कोभिड खोपको विरोधमा अमेरिकाले अभियान चलाएको खुलासा

एजेन्सी। अमेरिकी सेनाले कोभिड कालमा चिनियाँ कोभिड खोपको विरोधमा अभियान चलाएको पुष्टि भएको छ ।

अमेरिकी सेनाले फिलिपिन्समा चीनको बढ्दो प्रभाव भएको भन्दै त्यसको विरोधमा यस्तो अभियान चलाएको पाइएको हो ।

बेलायती समाचार एजेन्सी रोयटर्सले गरेको एक अनुसन्धानले यस्तो पुष्टि गरेको छ ।

फिलिपिनो जस्तो देखाइएका इन्टरनेट अकाउन्टहरु बनाएर अमेरिकी सेनाले चिनियाँ मास्क, औषधी किट र सिनो भ्याक खोपको निन्दा गर्ने अभियान चलाएका थिए ।

चीनले दिएको जीवन बचाउने खोपको सुरक्षा र प्रभावकारिता अनि विश्वस्नियतामा प्रश्न खडा गर्ने अमेरिकी सेनाको अभियानको उदेश्य रहेको पाइएको रिपोर्टमा उल्लेख गरिएको छ ।

३०० वटा फेक अकाउन्टबाट सामाजिक संजालमा यस्तो गरिएको पाइएको छ । चीन भाइरस हो भन्ने ह्यासट्याग चलाएर यस्तो गरिएको पाइएको हो ।

ती अकाउन्टका पोस्टबारेमा सामाजिक संजाल एक्सलाई रोयटर्सलो सोध्दा ती अकाउन्ट नियोजित रुपमा बनाइएका बोट अकाउन्ट भएको भन्दै उसले हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077