Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलील‍े एमालेमाथि निरन्तर हमला भइरहेको बताएका छन्।

शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलील‍े यस्तो बताएका हुन् । अध्यक्ष ओलील‍े दिनैपिच्छे नयाँ नयाँ अकल्पनीय कुराहरू आविस्कार गरेर पार्टीमाथि हमला भइरहेको बताए।

अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई कमजोर बनाएर देश अघि बढ्नबाट रोक्नका लागि प्रतिक्रियावादीहरूले एमालेलाई कमजोर बनाउन लागिरहेका बताए।

विचार, नीति, उद्देश्य शून्य भएका प्रतिक्रियावादीहरूले स्वार्थका थैला बोकेर हिँड्ने र त्यही थैला भर्नका लागि असभ्यता, अशिषटता, अमर्यादा तथा अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने गरेको उनले बताए।

यस्ता भ्रम फैलाउनेहरूको खण्डन गर्नुपर्ने उनको भनाइ थियो। उनले एमालेकै नेताहरुले सम्हालेको मन्त्रालयको विनियोजनमाथि पनि पर्याप्त छलफल गर्न आग्रह गरे ।

बजेटमाथि सामाजिक सञ्जाल र अन्य माध्यमबाट आलोचना गर्ने भन्दा पार्टीको बैठकमा छलफल गर्नु उचित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077