Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी पार्टी समाप्त हुने संघारमा रहेको अमरेशकुमार सिंहको दाबी

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले  अहिलेको बजेट अर्थमन्त्रीको निर्देशनमा व्यापारीले बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद सिंहले यस्तो बताएका हुन् ।

सांसद सिंहले बजेट अर्थमन्त्रीको निर्देशनमा व्यापारीले बनाएको र माओवादी केन्द्रका सांसद जितेका क्षेत्रहरूमा मात्रै पठाएको बताए।

सांसद सिंहले भने,'माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा छ। त्यसैले आ-आफ्नो सांसद कहाँ कहाँ जित्न सकिन्छ त्यहाँमात्र बजेट खन्याइएको छ।हामीजस्ता निर्दलीय सांसदलाई उहाँहरूले देख्नु हुन्न।'

माओवादी समाप्त हुने संघारमा रहेकाले पनि भएभरको बजेट आफ्ना सांसदहरू रहेको क्षेत्रमा खन्याएको सांसद सिंहले आरोप लगाए।

सांसद सिंहले सरकार र विशेषगरी संघीय मामिला मन्त्रालयले भ्रष्टाचार बढावा दिएको बताए।

सांसद सिंहले एकातिर ऊर्जामा आत्मनिर्भर भएको भन्ने र अर्कातिर १२ घन्टासम्म लोडसेडिङ हुने गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077