Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

फेरि राजनीतिमा सक्रिय हुँदै पूर्वराष्ट्रपति भण्डारी, गरिन् एमालेको सदस्यता नवीकरण

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेकी छन् ।

सात वर्ष राष्ट्रपति भएकी भण्डारीले आफ्नो पूर्ववत पार्टीमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता नवीकरण गरेकी हुन् ।

स्रोतका अनुसार गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरण गरेका हुन् ।

उनी २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी थिइन् । यसैबीच उनी पार्टीको कार्यक्रममा सहभागि हुन उत्तरी छिमेकी चीनको भ्रमण जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077