Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

बालमन्दिर जग्गा प्रकरण : पूर्वमहासचिव गणेशभक्त श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार श्रेष्ठलाई पक्राउ गरेको हो ।

अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो ।

जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध गत वैशाख २७ गते पुर्जी जारी भएको थियो । त्यसैमध्येका एक तत्कालीन महासचिव श्रेष्ठलाई पक्राउ गरिएको स्रोतले बतायो । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

यसअघि जेठ २५ गते पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । तर सरकारी वकिलले बयान लिएपछि उनलाई छाडिएको थियो ।

पक्राउ पुर्जी जारी हुनेमा बाल संगठनका तत्कालीन उपाध्यक्षहरू श्रेष्ठ पनि थिए । त्यसैगरी, योगेन्द्रबहादुर शाही, तत्कालीन महासचिवहरू गणेशदत्त श्रेष्ठ सुवासकुमार पोखरेल, श्यामकुमार आले, प्रचण्डराज प्रधान, रामकाजी कोने, तत्कालीन उपमहासचिव सुमन शाक्य, संगठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णबहादुर साह, संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो ।

त्यसैगरी, वृहस्पति विद्या सदनका तर्फबाट तत्कालीन अध्यक्ष पुरुषोत्तमराज जोशी, अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, विद्या सदनका तत्कालीन सञ्चालक प्रवीणराज जोशी, ऋद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, कृतिप्रसाद पाण्डे र मुरारी निधि तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

२०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।

२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077