Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप : उत्कृष्ट प्रदर्शनसँगै जितका लागि नेपालले पायो १०७ रनको लक्ष्य

काठमाडौं । नेपालले टी–२० विश्वकपमा बंगलादेशविरुद्धको खेलमा जितका लागि १०७ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेशले १०६ रन बनाएपछि उक्त लक्ष्य पाएको हो ।

खेलको अन्तिम ओभरको तेस्रो बलमा बंगलादेशको अन्तिम विकेट लिँदै नेपालले बंगलादेशलाई १०६ रनमा खुम्च्याएको थियो ।

९० रनमा ९ विकेट गुमाइसकेको नेपालले १८ औं ओभरमा अविनाश बोहोरा महंगो सावित हुँदा बंगलादेशले सय रन कटाएको थियो । उक्त ओभरमा बंगलादेशले ११ रन जोडेको थियो ।

नेपालका लागि रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछानेले २र२ विकेट लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077