Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालको खराब ब्याटिङ, ६ ओभरमै गुमायो पाँचौ विकेट

काठमाडौं । उत्कृष्ट बलिङ गरेर बंगलादेशलाई १०६ रनमै समेटेको नेपालले ब्याटिङमा भने खराव प्रदर्शन गरेको छ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले ६ ओभरमै पाँचौ विकेट गुमाएको छ ।

पाँचौ विकेटको रुपमा सन्दिप जोरा आउट भएका छन् । उनले जम्मा १ रन मात्रै बनाएका छन् ।

यसअघि कुशल भुर्तेल ४ रन, आसिफ सेख १७ र अनिल कुमार साह शून्य र कप्तान रोहित पौडेल १ रनमा आउट भएका थिए ।

आठ ओभरमा नेपालले जम्मा ३४ रन बनाएको छ । अहिले कुशल मल्ल र दिपेन्द्र सिंह ऐरी ब्याटिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077