Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

६ किलो सुनसहित कपनबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले करिब ६ किलो सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

सीआईबीले गएराति काठमाडौंको कपनबाट चिनियाँ नागरिकलाई सुन र नगदसहित पक्राउ गरेको हो।

उनको साथबाट सीआईबीले नगद ४८ लाख रुपैयाँ पनि बरामद गरेको छ।

बरामद गरिएको सुन अन्दाजी ६ किलो रहेको सीआईबी स्रोतले बतायो।

सुनको नापजाँच बाँकी रहेकाले सिआइबीले सुन र पक्राउ परेका व्यक्तिबारे तत्काल केही खुलाएको छैन।

पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको सीआईबी स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077