Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेन ब्राजिल प्रस्थान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।

आज बिहान सवा २ बजेको उडानबाट मेयर बालेन ब्राजिल गएका हुन् । यही असार ५-६ गते (जुन १९-२०) मा ब्राजिलको साओ पाउलोमा बैठक हुँदैछ ।

उनको साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् । मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य छन् ।

मेयर बालेनलाई प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलमा बिदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077